
त्रिशूली । नुवाकोटको त्रिशूली अस्पताल क्लिनिकल अडिट (Clinical Audit)प्रतिवेदनको नतिजामा बागमती प्रदेसमा नै उत्कृष्ट भएको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशानालायको आयोजनामा त्रिशुली अस्पतालले प्रदान गर्ने विभिन्न विभागीय सेवाहरुको गुणस्तर मापन स्वरूप गरिने क्लिनिकल अडिटमा त्रिशुली अस्पताल उत्कृष्ट भएको हो ।
अस्पतालले ७० प्रतिशत अंक हाशिल गरेको छ । उक्त अंक प्राप्त गर्ने बागमती प्रदेसमा नुवाकोटको त्रिशूली अस्पताल मात्र रहेको स्वास्थ्य निर्देशानालायका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नबिन दर्नालले जानकारी दिनुभयो । उहाँ सहितको टिमले गरेको क्लिनिकल अडिटको प्रतिवेदन मंगलबार सार्वजनिक गर्दै सेवा प्रवाहको गुणस्तरमा जस्तै क्लिनिकल अडिटमा पनि त्रिशूली अस्पताल उत्कृष्ट भएसगैँ आगामी दिनमा अझै थप सुधार र गुणस्तर बृद्धिमा केन्द्रित हुन हौसला प्राप्त भएको अस्पताल विकास तथा व्यावस्थापन समितिका अध्यक्ष राजु पण्डितले प्रतिक्रिया दिनुभयो ।
त्रिशूली अस्पतालको सेवा प्रवाहलाई गुणस्तरीय र सरकारी अस्पताल प्रतिको विश्वास बढाएर सरकारले उपलब्ध गराएका सेवा बिरामीलाई सरल रुपमा उपलब्ध गराउन आगामी दिनमा अझै थप गुणस्तरीय बनाउने अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा रोजेन्द्र लामाले बताउनुभयो ।
त्रिशूली अस्पतालमा विशेषज्ञ चिकित्सक, गम्भीर प्रकृतिका शल्यक्रिया सहितको गुणस्तरीय सेवा प्रवाह गरेर नुवाकोट, रसुवा सहित यस आसपासका बिरामीलाई सेवा पुर्याउन आफूहरुले सक्रिय भएर लागिरहेको अस्पतालका मेसु डा.लामाको भनाई छ ।