काठमाडौं,असार ३१ । नागरिक लगानी कोष र राष्ट्रिय बाणिज्य बैक लि. वीच कोषको रकम बैकको केन्द्रिय खातामा एविविएस मार्फत सिधै सम्बन्धित योजनाको खाताहरुमा जम्मा हुने सम्बन्धी सम्झौता भएको छ । बैकका सबै कार्यालयबाट एविविएस मार्फत रकम संकलन तथा ट्रान्सफरका कार्यलाई अझ बढि सरल र सुविधायुक्त बनाउने उद्देश्यले दुई संस्थावीच शुक्रबार सम्झौता भएको हो ।

सम्झौतामा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र बैकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन । सम्झौता आदान प्रदान कार्यक्रममा कोषका कार्यकारी निर्देशक पोखरेलले २०७३ साउन देखी सम्झौता कार्यान्वयमा आउने बताए । त्यसैगरी बैकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सम्झौतामा उल्लेखित बुदाहरु पुरा गर्ने प्रतिवद्वता ब्यक्त गरे ।

सो अवसरमा कोषको तर्फबाट मुख्य व्यवस्थापक सुशील कुमार अर्याल, कर्मचारी वचत वृद्वि अबकास कोष महाशाखाका प्रमुख हेमन्त पोखरेल, अधिकृत जनक राज कंडेल तथा बैकको तर्फबाट नायब महाप्रवन्धकहरु क्रमश सुशील श्रेष्ठ, कविराज अधिकारी र टेकराज जोशी तथा मुख्य प्रबन्धक उद्वव प्रसाद खनाल लगायतका अन्य अधिकृतहरुको उपस्थिती थियो । सम्झौता अनुरुपको कार्य शुरु भएपछि नेपाल भरी बैंकका शाखाहरुमा कोषको नाममा रहेका खाताहरु बन्द गरी बांकि रहेको सम्पुर्ण रकम कोषको एविविएसमा रहेका बैंकको थापाथली, टेकु र बानेश्वर बैंकिङ अफिसबाट हुने ब्यवस्था गरिएको छ । यस्को लागि ६ वटा खाताहरुमा निक्षेप रकम जम्मा गर्नको लागि खाताको नाम र खाता नं. उल्लेख भएको अलग अलग रंगका भौचरहरुको व्यवस्था बैंकले गर्ने जानकारी कोषका सूचना अधिकृत उद्धव सिलवालले दिए ।

त्यस्ता खाताहरुमा ना.ल कोष कर्मचारी वचत वृद्वि अबकाश कोष, नाल कोष निजामती बिमा कोष, ना.ल कोष शिक्षक बिमाकोष, नाल कोष सैनिक बिमाकोष, नाल कोष नेपाल प्रहरी बिमाकोष र नाल कोष सशस्त्र प्रहरी बिमाकोष रहेका छन । यसबाट कोष र बैकको रिकसिन्लेसन तथा हिसाव मिलान कार्यमा सहजता मिल्ने अपेक्षा गरिएको छ । यो भन्दा अघि १ असारमा नेपाल बैक लिमिटेड संग पनि सम्झौता भई कार्यान्वयनमा आइसकेको छ ।

22.58¡ÆC