अबैध रुपमा भित्रिएको मल नुवाकोट प्रहरीबाट बरामद

जेष्ठ २२, २०८१ मा प्रकाशित | 276 views

अबैध रुपमा भित्रिएको मल नुवाकोट प्रहरीबाट बरामद

त्रिशूली । भारतबाट अबैध रुपमा नुवाकोट ल्याइएको एकसय बोरा रासायनिक मल नुवाकोट प्रहरीले सोमबार बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक तिलक भारतीको अनुसार दुईवटा गाडीमा जिल्ला भित्रिएको एकसय बोरा रासायनिक मल अस्थाई प्रहरी पोष्ट कोल्पुटारबाट बरामद गरिएको हो । उक्त मल सहित मल बोकेको दुईवटा गाडी र संलग्न व्यक्तिहरुलाई कारबाहीको लागी नुवाकोट प्रहरीले राजश्व अनुसन्धान विभागलाई बुझाएको छ ।

“राजश्व छली गरेर ल्याएको मल नुवाकोट र रसुवाका किसानलाई महङ्गो शुल्कमा बिक्री हुने गरेको गुनासोको आधारमा थालिएको विशेष निगरानीबाट नियन्त्रणमा लिन सफल भएका छौ ।” प्रहरी नायव उपरीक्षक भारतीले भन्नुभयो “यसअघि अबैध रुपमा मल ल्याउने समूहलाई पक्राउ गरेसगैँ उनीहरुको बयानको आधारमा थप संलग्नलाई प्रक्राउ गरिएको हो ।”

नुवाकोट प्रहरीले यही जेठ ३ गते भारतबाट अबैध रुपमा नुवाकोट ल्याएको २० बोरा रासायनिक मल नियन्त्रणमा लिएको थियो । सोही घटनामा संलग्नलाई कारबाहीको क्रममा थप मल ल्याउने व्यक्तिहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web