काठमाडौँ । छैटौँ राष्ट्रिय महिला अधिकार दिवस आज मनाइँदैछ । ‘हाम्रो अभियान : आत्मनिर्भर छोरीको सम्मान’ नाराका साथ दिवस मनाउन लागिएको हो ।
दिवसको अवसरमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले अहिले केही बेरमा स्टाफ कलेज जावालाखेल ललितपुरमा कार्यक्रम गर्दैछ । कार्यक्रममा राष्ट्रपति महिला उद्यमी समुन्नति पुरस्कारबाट पाँच महिला उद्यमीलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको मन्त्रालयकी प्रवक्ता चन्द्रकला पौडेलले जानकारी दिइन् ।
२०६३ साल जेठ १६ गतेका दिन तत्कालीन पुनःस्थापित प्रतिनिधिसभाले नेपाली महिलाका अधिकारसम्बन्धी महत्त्वपूर्ण चार वटा ‘विशेष प्रस्ताव’ पारित गरेको दिनको सम्झनामा राष्ट्रिय महिला अधिकार दिवस मनाइन्छ ।