नेपालमा दूध उत्पादन घट्यो

जेष्ठ १४, २०८१ मा प्रकाशित | 224 views


काठमाडौँ । नेपालमा दूध उत्पादन घटेको प्रतिवेदन सार्वजनिक भएको छ । अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनाको प्रतिवेदनमा अघिल्लो यही अवधिको आठ महिनाको तुलनामा यो वर्ष दूध उत्पादन घटेको सार्वजनिक गरेको हो ।

प्रतिवेदन अनुसार चालु आवको आठ महिनामा १७ लाख ४२ हजार ५६२ मेट्रिक टन दूध उत्पादन भएको छ । अघिल्लो आवको यही अवधिमा भने १७ लाख ७० हजार ९२७ मेट्रिक टन उत्पादन भएको थियो ।

गत आव २०७९/८० मा पनि कृषि मन्त्रालयले २६ लाख मेट्रिक टन दूध उत्पादन हुने अनुमान गरिएकोमा १७ लाख ७० हजार ९२७ मेट्रिक टन मात्रै उत्पादन भएको थियो । नेपाल दुग्ध विकास बोर्डका पूर्वनिर्देशक एवं पशुविज्ञ डा. राजेन्द्र यादवले सानले बेलामा भुक्तानी नपाउनु उपभोक्ताको आयआर्जन घट्नुलगायत कारण उत्पादन घटेको बताए । उनका अनुसार ‘लम्पी स्किन’ रोगका कारण धेरै गाईभँसीको क्षति भएकाले यो वर्ष दूध उत्पादन अझै घट्ने देखिएको बताए ।

प्रतिवेदन अनुसार आव २०७८/७९ मा २५ लाख ६६ हजार ६१४ मेट्रिक टन उत्पादन भएकोमा आव २०७७/७८ मा २४ लाख ७९ हजार ८९९ मेट्रिक टन दूध उत्पादन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web