लिखुका महिलाहरुले दश दिनमै सिके मकैको खोस्टाबाट मुढा र चकटी बनाउन

जेष्ठ १२, २०८१ मा प्रकाशित | 525 views

नुवाकोट । लिखु गाँउपालिकाको रोजगार सेवा केन्द्रमा सुचिकृत भएका महिलाहरुलाई मकैको खोस्टाबाट मुढा र चकटी बनाउन सिकाइको छ । उक्त तालिमको शनिबार एक कार्यक्रमको बीच लिखु गाँउपालिकाको अध्यक्ष ध्रुव श्रेष्ठले सहभागीलाई प्रमाणपत्र प्रदान गर्दै समापन गर्नुभयो ।


विगतको वर्षहरुमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत रोजगार सेवा केन्द्रमा सूचिकृत भएका व्यक्तिहरुले आयोजनामा मात्र काम गर्दै आइरहेको भएपनि सीपसिके पछी घरमा बसेर काम गरि जिबिकोपार्जनमा उल्लेख्य सहयोग पुग्ने उहाँले बताउनुभयो ।

उत्पादन भएको हस्तकलाका सामाग्रिहरुलाई बजारिकरणको लागि आवश्यक सहयोग गर्ने समेत अध्यक्ष ध्रुव श्रेष्ठले प्रतिबद्धता जनाउनुभयो ।
उहाँले गाँउपालिकाले भौतिक पूर्वाधारमा भन्दा स्वरोजगार, महिला सशक्तिकरण, कृषिको क्षेत्रमा नीति तथा कार्यक्रममा प्राथमिकता दिने क्रममा रोजगार सेवा केन्द्रमा सूचिकृतर्ला हस्तकलाको सामाग्री बनाउन सिकाएको बताउनुभयो । आगामी दिनमा थप स्वरोजगार केन्द्रित कार्यक्रम चलाउने उहाँको भनाई छ ।

आगामी दिनमा थप रचनात्मक तथा दिगो स्वरोजगारको कार्यक्रम सञ्चालन गर्ने र त्यसको लागी गाँउपालिकको तर्फबाट समेत बजेट थप गरिने उपाध्यक्ष शुभद्रा अधिकारी बताउनुभयो ।

दश दिनको तालिममा सहभागी भएका १५ जनाले मकैको खोस्टाबाट चकटी र मुढा बनाउन सक्ने भएको रोजगार सेवा केन्द्रको प्रमुख खिमकुमारी सुवेदीले जानकारी दिनुभयो । सिकेको सिपलाई आर्थिक उपार्जन र दिगो रोजगारमा केन्द्रित गराउनको लागी उहाँले तालिम पूरा गरेका सहभागीलाई आग्रह गर्नुभयो ।

 

तालिमको समापनको अवसरमा ३ नं. वडाध्यक्ष सिताराम पुलामीमगर, ५ नं .वडाध्यक्ष विश्वप्रसाद खतिवडा, स्वास्थ्य संयोजक भिम रोक्का, सामाजिक विकास शाखाको प्रमुख पार्वती उप्रेती लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web