
विदुर । नुवाकोट स्वयम्भू महाचैत्य संरक्षण सँस्थाको प्रथम साधारणसभा सम्पन्न भएको छ । विदुर नगरपालिका–२ मा अवस्थित स्वयम्भू, विहार महाचैत्यको निर्माण, संरक्षण तथा प्रबद्र्धनको लागी स्थापना भएको उक्त संरक्षण सँस्थाको शनिबार भैरवी माविको सभाहलमा विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठको प्रमुख आथित्यतामा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा सम्बोधन गर्दै नगरप्रमुख श्रेष्ठले झण्डै सत्रसय वर्ष पूरानो ऐतिहासिक तथा धार्मिक स्थल स्वयम्भू महाचैत्यको पछिल्लो एक वर्षको अवधिमा विदुर नगरपालिका मार्फत डिपिआर निर्माण र नौ लाख रुपैयाँ सहित भौतिक संरचना निर्माणको क्रममा हेभी इक्युमेन्ट, ट्रिपर सहयोग पुराएकाले आगामी दिनमा पनि निरन्तर सहयोगको प्रतिबद्धता जनाउनुभयो ।

अहिले दोश्रो चरणको काम सम्पन्न नजिक पुगेकाले अब तेश्रो चरणमा बिशाल स्वयम्भू महाचैत्यको निर्माण गर्नको लागी पनि नगरपालिकाको तर्फबाट आवश्यक सहयोगको प्रतिबद्धता जनाउनुभएको हो ।
करीब २५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको स्वयम्भू महाचैत्यको निर्माणसम्पन्नको लागी नगरपालिकाको तर्फबाट आगामी दिनमा पनि निरन्तर सहयोग हुने नगरपालिकाको उपप्रमुख प्रभा बोगटीले प्रतिबद्धता जनाउनुभयो ।

यस्तै, १ नं. वडाध्यक्ष लेलिन रञ्जित, २ नं वडाअध्यक्ष दिपक कायस्थले स्वयम्भू महाचैत्यको निर्माण र संरक्षणको लागी पुराएको भूमिकाको प्रशंसा गर्दै यस मार्फत आन्तरिक पर्यटनको आवागमन बृद्धि भएकाले आर्थिक उपार्जनमा समेत सहयोग पुगेका बताउनुभयो ।

विदुर नगरपालिकाको आर्थिक तथा यन्त्रउपकरण सहयोग सहित स्थानीय एंव बौद्ध धर्मालम्वीहरुबाट प्राप्त सहयोग लगायत गरेर करीब ४६ लाख रुपैयाँ लगानीमा स्वयम्भू महाचैत्यको अहिलेको संरचना निर्माण गरेको संरक्षण सँस्थाका अध्यक्ष इश्वरमान श्रेष्ठले जानकारी दिनुभयो ।
साधारणसभामा महाअस्टबीर मैत्री भन्टेले स्वयम्भू महाचैत्य संरक्षणको लागी १ लाख ११ हजार १११ रुपैयाँको चेक सँस्थालाई प्रदान गर्नुभयो ।
स्वयम्भू महाचैत्य संरक्षणको लागी पछिल्लो एक वर्षदेखि सुरु भएको पुर्ननिर्माण तथा संरक्षयाको कामको लागी हालसम्म २९ लाख रुपैयाँ विभिन्न निकाय र सहयोगबाट प्राप्त भएको छ भने अझै १७ लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको अभियन्ता गम्भीरमानसिंह डंगोलले जानकारी दिनुभयो ।

झण्डै सत्रसय वर्ष पूरानो ऐतिहासिक तथा धार्मिक स्थल स्वयम्भू महाचैत्यको पछिल्लो एक वर्षको अवधिमा विदुर नगरपालिका मार्फत डिपिआर निर्माण र नौ लाख रुपैयाँ सहित भौतिक संरचना निर्माणको क्रममा हेभी इक्युमेन्ट, ट्रिपर सहयोग तथा स्थानीय एंव बौद्ध धर्मालम्वीहरुबाट प्राप्त सहयोग लगायत गरेर करीब ४६ लाख रुपैयाँ लगानीमा स्वयम्भू महाचैत्यको अहिलेको संरचना निर्माण भएको स्वयम्भू महाचैत्य संरक्षण सँस्थाका सचिव सुमन शाहले जानकारी दिनुभयो ।

स्वयम्भू महाचैत्य संरक्षण गत माघमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको हुदाँ ६ महिनाभित्र साधारणसभा गर्नुपर्ने भएकाले शनिबार एक कार्यक्रमको बीच साधारणसभा सहित मानार्थ सदस्य, जग्गादातालाई सम्मान सहित कार्यक्रम सम्पन्न गरिएको हो ।

विदुर नगरपालिका–२ मा अवस्थित ऐतिहासिक स्थल : नुवाकोट स्वयम्भू महाचैत्य

15.48¡ÆC