द्रुतमार्गको धेद्रे सुरुङमार्ग छिचोलियो

जेष्ठ १२, २०८१ मा प्रकाशित | 234 views


काठमाडौँ । तराई/मधेश द्रुतमार्ग सडक आयोजनाअन्तर्गत धेद्रे सुरुङमार्ग छिचोलिएको छ । मकवानपुरको बकैया गाउँपालिकामा निर्माणाधीन एक हजार ६ सय ५३ मिटर लम्बाइ रहेको निजगढबाट काठमाण्डौतर्फ आउने सुरुङमार्ग हिजो छिचोलिएको नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

धेद्रे सुरुङमार्ग नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाण्डौ–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाअन्तर्गत प्याकेज नम्बर २ मा रहेको छ । यसअघि गएको जेठ ४ गते एक हजार ४ सय ३० मिटर दूरीको लेनडाँडा सुरुङमार्ग पनि छिचोलिएको थियो । यो काठमाण्डौबाट निजगढतर्फ जाने सुरुङमार्ग हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web