शिलादेबी मावि कोलचउरमा बाल उद्यान सञ्चालनमा

जेष्ठ ११, २०८१ मा प्रकाशित | 219 views

शिलादेबी मावि कोलचउरमा बाल उद्यान सञ्चालनमा

नुवाकोट । बेलकोटगढी नगरपालिका वडा नं. ७ मा अवस्थित शिलादेबी माध्यमिक विद्यालयमा बाल उद्यान सञ्चालनमा आएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरेर यशोदादेवी भगबानसिंह केसी मेमोरियल ट्रष्ट र ALEMEDA YATI LIONS CLUBअमेरिकाको संयुक्त सहयोगमा विद्यालयलाई बाल उद्यान हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक मेनुका अधिकारीले जानकारी दिनुभयो ।

उहाँको अनुसार बाल उद्यान सञ्चालनमा आएसगैँ विद्यालयका बालबालिकालाई खेल मार्फत सिकाई अभिबृद्धि गर्न, उनीहरुलाई विद्यालय प्रतिको आकर्षण बढाउन तथा मनोरञ्जन प्रदानको लागी सहयोग पुग्ने विश्वास गरिएको छ ।


बाल उद्यान हस्तान्तरण गर्न आयोजित कार्यक्रममा यशोदादेवी भगबानसिंह केसी मेमोरियल ट्रष्टका संरक्षक तथा नेपाली काँग्रेसका प्रभावशाली नेता, पाटीको केन्द्रीय सदस्य एंव प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसी, यशोदादेवी भगबानसिंह केसी मेमोरियल ट्रष्टको अध्यक्ष डा.केदारनरसिंह केसी, यशोदादेवी भगबानसिंह केसी मेमोरियल ट्रष्टको महासचिव एंव संबिधानसभा सदस्य जगदिश्वरनरसिंह केसी, बेलकोटगढी नगरपालिकाको उपप्रमुख शिवप्रसाद दाहाल, वडा नं. ७ का वडाध्यक्ष भुवनेश्वर नेपाल, ५ नं वडाध्यक्ष मदान भुजेल, बेलकोटगढी नगरपालिकाको कार्यपालिका सदस्य गमला लामा, विद्यालय व्यावस्थापन समितिका अध्यक्ष सहित पदाधिकारीहरु, विभिन्न पाटीको प्रतिनिधि, शिक्षाप्रेमी, अभिभावक, विद्यार्र्थी लगायतको सहभागिता रहेको थियो ।

उक्त अवसरमा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक प्रस्तुती देखाएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web