देशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली

जेष्ठ ९, २०८१ मा प्रकाशित | 231 views


काठमाडौँ । आज कोशी प्रदेशसहित देशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली छ । अरु बाँकी क्षेत्रमा मौसम सफा नै रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । आज कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरूमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ ।

आज काण्ठमाण्डौ उपत्यकामा पनि दिउँसो पछि हल्का वर्षाको सम्भावना रहेको मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुभयो । अहिले नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हिजो र आज तराई क्षेत्रसहित धेरैजसो ठाउँमा तापक्रम केही घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web