सरकारको नीति तथा कार्यक्रम आउँदो ९ गते पारित गर्ने कार्यसूची

जेष्ठ २, २०८१ मा प्रकाशित | 460 views


काठमाडौँ । प्रतिनिधि सभाले सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ ९ गते पारित गर्ने सम्भावित कार्यसूची तय गरेको छ । सरकारले हिजो ल्याएको आउँदो आर्थिक वर्ष २०८१/०८२ काे नीति तथा कार्यक्रमलाई जेठ ९ गते पारित गर्ने कार्यसूची तयार भएको हो ।

प्रतिनिधि सभाले तय गरेको सम्भावित कार्यसूचीअनुसार भोलिदेखी सभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफल शुरु हुने छ । जेठ ४ गते, ६ गते, ७ गते र ८ गते नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । ९ गते पनि छलफल गरेर निर्णयार्थ प्रस्तुत गर्ने गरी संसदीय क्यालेन्डर तय भएको संसद् सचिवालयले जनाएको छ ।

९ गतेको बैठकमा शून्य समय, विशेष समय, प्रधानमन्त्रीबाट वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ, प्राप्त संशोधन र वार्षिक नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

यस्तै जेठ १३ गते आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षण पेश, बैंक तथा वित्ती संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने संसदीय क्यालेन्डरमा उल्लेख छ । जेठ १५ गते सरकारले आउँदो आर्थिक वर्षको बजेट ल्याउँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web