जब गाँउपालिका अध्यक्ष ‘रमेश’ले जग्गा दिए, सार्वजनिक सेवा एकैपटक गाँउ पसे

बैशाख २१, २०८१ 2024-05-03 मा प्रकाशित
Published at 2024-05-03

267 views

-रामहरि न्यौपाने ।
राज्य पुर्नसंरचना पश्चात नुवाकोटमा स्थापना भएका बाह्र पालिका मध्ये एक हो पञ्चकन्या गाँउपालिका । साविकको पाच गाविस पञ्चकन्या, थप्रेक, कविलास, भदु्रटार र चौघडाको वडा नं. ३,४,९लाई समायोजन गरेर बनाइएको हो पञ्चकन्यामा सरकारी सेवा प्रवाह बल्ल जनताको घरदैलोमा पुग्न थालेका छन् ।
यस पालिकाको पहिलो कार्यकालमा अध्यक्ष पदमा तेजबहादुर तामाङ (रमेश) निर्वाचित भएर आउनुभयो । उहाँले जनतालाई सरकारी सेवा गाँउबाटै दिने कसरी भने योजना बनाउदै अघि बढ्यो । पालिकाबासीको माग थियो । घरनजिकै विद्युतको महशुल तिर्न पाए हुन्थ्यो । पञ्चकन्याबाट विद्युतको महशुल तिर्न सदरमुकाम पुग्दा दिनभर लाग्ने पीडा सुनेर महशुल काउन्टरको माग लिएर गाँउपालिका नेपाल विद्युत प्राधिकरण पुग्नु भयो ।
प्राधिकरणले उहाँलाई उठाएको रकम सुरक्षित बनाउन बैंक राख्नुपर्छ अनि काउन्टर स्थापना हुन्छ । विद्युतको काउन्टर राख्न मात्र होइन पालिकालाई समेत अत्यावश्यक भएको बैंक सेवा माग्नको लागी उहाँ राष्ट्र बैंक पुग्नुभयो । बैंक आउन तयार छौ त्यसको लागी प्रहरी चौकी चाहिन्छ भन्ने जवाफ पाउनुभयो । पालिकाभरमा एउटै प्रहरी एकाई थिएन ।
त्यसपछि पालिका अध्यक्ष तामाङ चौकी माग्न जिल्ला प्रशासन पुग्नुभयो । प्रमुख जिल्ला अधिकारीले उहाँलाई चौकी स्थापना हुन्छ । त्यसको लागी भवन बनाउन दुई रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुपर्छ । चौकीको लागी चाहिने भवन बनाउन सरकारले बजेट दिएपनि जग्गा भने खरिद गर्न नमिल्ने भएकाले प्रजिअले पालिका अध्यक्षलाई जग्गा निःशुल्क उपलब्ध गराउन आग्रह गर्नभयो ।
सरकारी सेवालाई गाँउमा ल्याउने मुख्य ‘हतियार’ भएको दुई रोपनी जग्गा खोज्न निकै भौतारिनुभएका अध्यक्ष तामाङको कोशिस सफल हुन सकेन । अन्ततः आफैले पालिकाको मध्येबिन्दु घलेभञ्याङमा आवश्यक दुई रोपनी जग्गा खरिद गरेर चौकी राख्न उपलब्ध गराउनुभयो । सोही जग्गामा भवन बनाउने तयारीको साथ विसं.२०७८ चैत २० गते इलाका प्रहरी कार्यालयको स्थापना भयो । गाँउपालिकाको अध्यक्षमा तामाङ पुनः दोश्रो कार्यकालको लागी निर्वाचित हुनुभएको छ ।


इलाका प्रहरी कार्यालय पञ्चकन्याको लागी उहाँले निःशुल्क दिएको जग्गामा निर्माण गरिएको सुविधा सम्पन्न नयाँ भवनको बिहीबार बागमती प्रदेस सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठ उद्घाटन गर्नुभयो । सो अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तामाङले गाँउको विकास र सरकारी सेवाहरु विद्युत काउन्टर, बैंक, प्रहरी एकाई गाँउमा ल्याउन आफैले जग्गा दिदा केही गुमाए भन्दापनि गाँउको लागी धेरै उपलब्धि प्राप्त भयो भन्दै खुसी व्यक्त गर्नुभयो ।


प्रहरी एकाईको उद्घाटनको अवसरमा मन्त्री श्रेष्ठले प्रहरीको लागी नयाँ भवनले मात्र सेवा सहज नहुने भन्दै आवश्यक जनशक्ति, सवारीसाधन, प्राविधिको उपयोग सहित समय अनुकुल तालिम प्राप्त प्रहरी जनशक्ति मार्फत सुरक्षा दिन तीनतहकै सरकारको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।


बागमती प्रदेससभाका सदस्य रमेश महतले पञ्चकन्या–२ मा लक्षित वर्गलाई सामाजिक सुरक्षा भत्ता वितरणको लागी कार्यालयमा राखिएको रु ५३ लाख हराएको चारवर्ष पूरा भएपनि घटनामा संलग्नको पहिचान नभएको भन्दै प्रहरी एकाईको स्थापनाले सुरक्षाको प्रत्याभूति बलियो हुने विश्वास व्यक्त गर्नुभयो ।


प्रहरीको नयाँ एकाई स्थापनासगैँ निर्माण गरिएको तीनतले सुविधासम्पन्न भवनले प्रहरीलाई सेवा दिन सहजता पुग्ने जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख शान्तिराज कोइरालाले विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा अतिथीहरु बागमती प्रदेस प्रहरी प्रमुख (डिआइजी) विष्णुकुमार केसी, पञ्चकन्या गाँउपालिकाको उपाध्यक्ष बिमला केसी, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी लगायतको समुपस्थितीमा पञ्चकन्या गाँउपालिका–३ मा निर्माण गरिएको इलाका प्रहरी कार्यालय पञ्चकन्याको नवनिर्मित भवन उद्घाटन कार्यक्रम सम्पन्न गरिएको हो ।

बागमती प्रदेस सरकारबाट प्राप्त रु दुई करोड दुई लाख लगानीमा निर्माण गरिएको पक्कि भवनमा कार्यालय, ब्यारेक, मेस सहित आवश्यक संरचनाले भरिपूर्ण रहेका छन् । उक्त कार्यालयमा प्रहरी निरीक्षकको नेतृत्वमा चालिस जनाको दरबन्दी छ । तर, जनशक्तिको अभावले हाल प्रहरी नायव निरीक्षकको नेतृत्वमा दश जना कार्यरत छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.