डाँढे (कल्यापुर) । नुवाकोटको विदुर नगरपालिका वडा नं. १३ स्थित ढाँडेबाट अजिगंरे जाने सडकको कालोपत्रको काम बैशाख २० गते बिहीबारदेखि सुरु गर्न लागिएको छ ।
२० गतेदेखि सुरु हुने कालोपत्रे गर्ने कार्य बैशाख २३ गतेसम्म लाग्ने भएकाले यसबीचमा आउजाउ गर्नको लागी बैकल्पिक बाटो प्रयोग गर्नको लागी आग्रह गरिएको छ ।
कालोपत्रे गर्ने समयमा उक्त सडकबाट आउजाउ गर्न नमिल्ने भएकाले वडा नंं १३ का वडाध्यक्ष भरत तामाङले सवारीसाधनहरुलाई अर्को २ वटा बैकल्पिक सडकको प्रयोग गर्न आग्रह गर्नुभएको हो ।

उहाँले बैकल्पिक सडकको रुपमा अजिंगरे नयाँपुलबाट रानीस्वारा, गोरे ढुङ्गाहुदै बगुवा पुल निस्कने अथवा अर्को बैकल्पिक सडकको रुपमा राइसिंह चोकदेखि हर्कपुर, कल्याणपुर, हुदै डेउडी वा कागुने निस्कने बाटो प्रयोग गर्नको लागी आग्रह गर्नुभएको छ ।
बुधबार साँझ भएको छलफलबाट सडक कालोपत्रे गर्ने काम बैशाख २० गतेदेखि सुरु गर्ने निर्णय भएकाले आकस्मिक रुपमा सडक बन्द गर्दा यात्रुवर्गलाई पर्न जाने समस्या प्रति वडाध्यक्ष भरत तामाङले यसलाई सहज रुपमा लिन आग्रह गर्नुभयो ।
उक्त सडकमा बैशाख २३ गतेसम्म कालोपत्रेको काम सम्पन्न हुने र त्यसपश्चात यात्रा गर्न सहजता हुने भएकाले यसबीचमा बैशाख २० गतेदेखि २३ गतेसम्म कालोपत्रे गर्ने कामलाई सहयोग पुराउन आग्रह गरिएको छ ।
20.27¡ÆC