आज केही ठाउँमा हावाहुरीको सम्भावना

बैशाख १५, २०८१ मा प्रकाशित | 153 views


काठमाडौँ । आज लुम्बिनी, गण्डकी, सुदूरपश्चिम र कोशी प्रदेशका केही ठाउँमा हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम, गण्डकी र कोशीका पहाडी क्षेत्रका केहि ठाउँमा मेघगर्जन र चट्याङसहित छिटपुट वर्षा तथा उच्च पहाडी र हिमाली एक–दुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना छ ।

अहिले देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ । काठमाण्डौ उपत्यकासहित कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली छ । बाँकी अरु ठाउँमा मौसम सफा नै रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web