२८ असार, काठमाडौं ।
नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिको बैठकले के.पि ओली नेतृत्वको बर्तमान सरकार अल्पमतमा परिसकेको ठहर गर्दै प्रधानमन्त्रिले तत्काल राजीनामा दिनुपर्ने माग गरेको छ ।

कांगे्स पार्टि सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज अन्तराष्ट्रिय सम्मेलन केन्द्र काठमाण्डौमा बसेको बैठकले प्रधानमन्त्रि सामु राजिनामा दिने वा संसदमा अविश्वासको प्रस्ताव सामना गर्ने बाहेक अर्को विकल्प नरहेको केन्द्रिय सदस्य दिलेन्द्रप्रसाद बडुले बताउनु भयो ।

नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिको आजको बैठकले अश्वस्थ भई अस्पताल भर्ना हुनुभएका पाटी महामन्त्रि डा. शसाङ्क कोइरालाको शिघ्रस्वास्थ्यलाभको कामना पनि गरेको छ ।

26.12¡ÆC