आज केहि ठाउँमा हल्का पानी पर्ने सम्भावना

बैशाख ७, २०८१ मा प्रकाशित | 246 views


काठमाडौँ । आज कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका एक/दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले सुदूरपश्चिमसहित देशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली छ । पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसोपख देशका पहाडी क्षेत्रमा आंशिक बदली हुनेछ । कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

लुम्बिनी, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हुरीबतासको पनि सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web