१४ महिनाभित्र ९५८ मेगाबाट थपिने

बैशाख २०, २०७३ मा प्रकाशित | 1131 views

काठमाडौं,चैत १७ । आगामी आर्थिक वर्ष २०७४ असारभित्र राष्ट्रिय प्रसारण लाइनमा आन्तरिक उत्पादनबाट ३ सय ५८ मेगावाट बिजुली थपिने भएको छ। यही अबधिमा भारतबाट थप ६ सय मेगावाट बिजुली आयात गर्न सकिने छ।  ऊर्जा मन्त्रालयका एक अधिकारीका अनुसार आगामी एक वर्षभित्र हुने आन्तरिक उत्पादन बृद्धि र भारतबाट आयात गर्न सकिने थप बिजुलीका कारण वर्षायाममा पूर्णरुपमा लोडसेडिङ अन्त्य हुन सक्नेछ भने हिउँदमा समेत लोडसेडिङ न्यूनमात्र रहनेछ। हाल बिजुलीको माग १३ सय मेगावाट छ भने उत्पादन ८ सय २९ मेगावाट मात्र छ। नेपालले लोडसेडिङ घटाउन हाल भारतबाट ३ सय १५ मेगावाट हाराहारीमा आयात गरिरहेको छ। कान्तिपुर दैनिकमा समाचार छ। 
 
आगामी वर्ष बिजुलीको माग बढेर १४ सय २३ मेगावाट पुग्ने प्रक्षेपण विद्युत प्राधिकरणको छ। त्यतिबेलासम्म मुलुकमा निर्माणाधीन जलविद्युत आयोजनामध्ये ४० वटाको निर्माण सम्पन्न भई त्यसबाट ३ सय ५८ मेगावाट बिजुली उत्पादन सुरु भइसक्नेछ। 
 
ती अधिकारीका अनुसार निजी क्षेत्रका ३८ आयोजना सम्पन्न भई ३ सय १४ मेगावाट बिजुली उत्पादन सुरु हुनेछ भने विद्युत प्राधिकरणले निर्माण गरिरहेका आयोजनाबाट ४४ मेगावाट बिजुली थपिनेछ। 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web