काठमाण्डौबाट रसुवाको ठूलो स्याफ्रुसम्म जिप सञ्चालन

चैत्र ८, २०८० मा प्रकाशित | 249 views


काठमाडौँ । काठमाण्डौबाट रसुवाको ठूलोस्याफ्रुसम्म जिप सञ्चालनमा आएको छ । जिप हरेक दिन बिहान साढे ७ बजे काठमाण्डौबाट ठूलो स्याफ्रुका लागि छुट्ने र त्यही समयमा ठूलो स्याफ्रुबाट काठमाण्डौका लागि छुट्ने समय निर्धारण गरिएको मिनी गोसाइँकुण्ड यातायात समितिले जनाएको छ ।

यसबाट विशेष गरी गोसाइँकुण्ड जाने तीर्थ यात्रु एवम् लाङ्टाङ जाने पर्यटकलाई थप सहज हुने समितिका सदस्य साधुराम खड्काले जानकारी दिनुभयो । यसअघि भौगोलिक विकटताका कारण सदरमुकाम धुञ्चेबाट ठूलो भार्खु, ब्रबल हुँदै ठूलो स्याफ्रु पुग्न दिनभर लाग्ने गर्दथ्यो ।

स्थानीय तेम्वा तामाङले मानिस बिरामी पर्दा उपचारका लागि जिल्ला अस्पताल लान, दैनिक उपभोग्य बस्तु ढुवानी गर्न लामो दूरीको यात्रा गर्न, पवित्र तीर्थ गोसाइँकुण्ड जानसमेत सहज भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web