पाकिस्तानका नवनिर्वाचित राष्ट्रपति जरदारीद्वारा शपथ ग्रहण

फाल्गुन २८, २०८० मा प्रकाशित | 323 views

पाकिस्तानका नवनिर्वाचित राष्ट्रपति आसिफ अली जरदारीले आइतबार शपथ ग्रहण गर्नु भएको छ ।
राष्ट्रपति भवनमा आइतबार आयोजित विशेष समारोहमा उहाँले पाकिस्तानको १४ औँ राष्ट्रपतिको रूपमा शपथ ग्रहण गर्नुभएको हो ।
पाकिस्तानका प्रधानन्यायाधीश काजी फैज इसाले नवनिर्वाचित राष्ट्रपतिलाई पद तथा गोपनीयताको शपथ गराउँनु भएको हो । उक्त समारोहमा निवर्तमान राष्ट्रपति आरिफ अल्वी, प्रधानमन्त्री शाहबाज शरीफ, सशस्त्र सेनाका प्रमुख, राजनीतिज्ञ र सुरक्षा निकायका प्रमुख लगायत विशिष्ट महानुभावहरू उपस्थित हुनुहुन्थ्यो ।
पाकिस्तान पिपुल्स पार्टी संसदीय दलका सह-अध्यक्ष जरदारीले संसद् र चार प्रान्तीय सभालगायत सबै इलेक्टोरल कलेजबाट ४११ मत ल्याएर शनिबार विजयी हुनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web