तारकेश्वरको सभाहलमा जनयुद्ध र जनआन्दोलनको शहिदको तस्वीर समावेश

फाल्गुन २७, २०८० 2024-03-10 मा प्रकाशित
Published at 2024-03-10

390 views

दाङसिंह । नुवाकोटको तारकेश्वर गाउँपालिकाले राजनीतिक परिवर्तनको लागी ज्यानको बलिदान दिने महान शहिदहरुलाई उच्च सम्मान प्रकट गर्दै गाँउपालिकाको सभाहलमा तस्वीर समावेश गरेको छ ।
नेपालको वीर शहिदहरु जसले प्रजातन्त्र स्थापनाको लागी बलीदान दिए त्यस्तै २०५२–६२ को दशवर्षे जनयुद्ध र दोश्रो जनआन्दोलनको समयमा शाहदत प्राप्त गर्ने शहिदहरुको तस्वीर गाँउपालिकाले उच्च सम्मान प्रकट गर्दै गाँउपालिकाको सभाहलमा समावेश गरिएको हो ।
गाँउपालिकको अध्यक्ष शिव अधिकारी (अविरल)ले शहिद प्रतिको सम्मान र उहाँहरुको सपना पूरा गर्ने जिम्मेवारीको स्मरणको लागी सभाहलमा तस्वीर समावेश गरिएको जानकारी दिनुभयो ।


आइतबार आयोजित एक समारोहमा शहिदको सम्मानमा एक मिनेट मौन धारण गर्दै जनयुद्धमा ज्यान गुमाउने तारकेश्वर गाँउपालिका निवासी बासुदेव रिमाल, अनिल अधिकारी र सुदन खनालको तस्वीर सहित २००७ सालको प्रजातन्त्रको स्थापना र दोश्रो जनआन्दोलनको क्रममा ज्यान गुमाउने वीर शहिदहरुको तस्वीर गाँउपालिकाको सभाहलमा राखिएको हो ।


आगामी दिनमा शहिदहरुको सम्मानको लागी गाँउपालिकाले सरकारी कार्यालयहरुमा समेत शहिदको तस्वीर अनिर्वाय राख्ने निर्णय गर्ने अध्यक्ष शिव अधिकारी (अविरल)ले प्रतिबद्धता जनाउनुभयो ।
उक्त समारोहमा गाँउपालिकको अध्यक्ष सहित पदाधिकारी, नेकपा माओवादी केन्द्र तारकेश्वरको पाटी अध्यक्ष सोामबहादुर तामाङ सहित विभिन्न राजनीतिक दलका प्रमुख र प्रतिनिधिहरु, शहिद परिवारका सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.