अध्यक्ष अधिकारीद्वारा १ लाखको नारी उद्यमशीलता पुरस्कारको घोषणा

फाल्गुन २५, २०८० मा प्रकाशित | 476 views


नुवाकोट । तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारी ‘अविरल’ ले आज ११४औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर नारी दिवसको शुभकामना व्यक्त गर्दै तारकेश्वर गाउँपालिकाको ६ वटै वडाका १८ जना महिलाहरूलाई महिला उद्यमशीलता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ ।

अध्यक्ष अधिकारीले सृष्टिको सुन्दर फूल हुन् नारी, हरेक घरको उज्यालो द्वीप हुन् नारी सहनशीलता अखण्डको द्वीप धर्ती हुन् नारी भन्दै महिला सशक्तिकरणको अभियानलाई सार्थकता दिनको लागि यो पुरस्कार घोषणा गरिएको बताउनुभयो ।

साथै उहाँले उक्त पुरस्कार १ साता भित्र गाउँपालिकामा एक कार्यक्रम गरी प्रदान गर्ने पनि बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web