माधव नेपालसंग भेट गर्न उहाँकै निवास कोटेश्वर पुग्नुभयो काँग्रेस सभापति देउवा

फाल्गुन २३, २०८० मा प्रकाशित | 383 views

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुग्नुभएको छ ।

पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न देउवा अध्यक्ष नेपालको निवास कोटेश्वरमा पुग्नुभएको हो । बुधवार बिहान देउवा माधव नेपालको निजी निवास कोटेश्वर पुग्नुभएको छ । 

नेपाललाई भेट्न देउवाले पाटीका नेताको रुपमा रहनुभएका श्रीमति आरुजु राणा र रमेश लेखकलाई पनि साथमा लिएर जानुभएको छ ।

राजनीतिक समीकरण बदलिएको बेलामा सभापति देउवा र नेपालबिचको भेटलाई अर्थपूर्ण रूपमा लिइएको छ । मङ्गलवार राति प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाल निवासमा पुगेर सरकारमा सहभागी हुन आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web