रोशना पोखरेलको नेतृत्वमा कर्मचारी मिलन केन्द्र नुवाकोटको नयाँ कार्यसमिति चयन

फाल्गुन २०, २०८० मा प्रकाशित | 376 views


विदुर । कर्मचारी मिलन केन्द्र नुवाकोटको अध्यक्षमा डिभिजन वन कार्यालय नुवाकोटको प्रमुख (डिभिजनल वन अधिकृत) रोशना पोखरेल चयन हुनुभएको छ ।

शनिबार विदुरमा सम्पन्न भएको २७औँ बार्षिक साधारणसभा एंव अधिवेशन मार्फत पुर्नगठन गरिएको कर्मचारी मिलन केन्द्र नुवाकोटको अध्यक्षमा डिभिजनल वन अधिकृत रोशना पोखरेल सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको हो ।

यसअघि पनि डिभिजन वन कार्यालयको प्रमुख नै अध्यक्ष रहेकोमा पुनः सोही कार्यालयका प्रमुख पोखरेलले नुवाकोटमा रहेका सरकारी कर्मचारीहरुको छाता सँस्था कर्मचारी मिलन केन्द्र नुवाकोटको प्रमुखको नेतृत्व लिन सफल हुनुभएको हो ।

सर्वसम्मत रुपमा चयन भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा सुदर्शन सेढाई (विदुर नगरपालिका), सचिवमा राजनप्रसाद प्याकुरेल (नेपाल विद्युत प्राधिकरण) सहसचिवमा इन्द्रबहादुर खतिवडा (जिल्ला प्रशासन कार्यालय) र कोषाध्यक्षमा तारा गुरुङ (कृषि विकास कार्यालय) हुनुहुन्छ ।


यस्तै, सदस्यहरुमा प्रशान्तकुमार थापा (डिभिजन वन कार्यालय), किशोर सापकोटा (उद्योग तथा बाणिज्य कार्यालय), केदारप्रसाद खतिवडा (किस्पाङ गाँउपालिका), सावित्रा भण्डारी (इलाका प्रशासन कार्यालय, सातविसे), सन्तोष बोगटी (बाणिज्य बैंक विदुर शाखा) र शिवराम ढकाल (नेपाल बैंक लिमिटेड) हुनुहुन्छ ।


नुवाकोट जिल्लामा कार्यरत सरकारी कार्यालय, सँस्थान तथा पब्लिक लिमिटेड कार्यालयहरुमा कार्यरत रहनुभएका सम्पूर्ण दर्जाका कर्मचारीहरुको हक, हित, प्रबद्र्धन तथा अभिभावकीय सँस्थाको रुपमा कर्मचारी मिलन केन्द्रको साधारणसभा तथा अधिवेशनमा नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी सहित जिल्लाका सुरक्षा निकायका प्रमुखहरु, कार्यालयका प्रमुखहरु लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web