कल बाइपास सञ्चालन गर्ने दुई पक्राउ

फाल्गुन १३, २०८० मा प्रकाशित | 295 views


काठमाडौँ । प्रहरीले अवैध रुपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास (भिओआइपी) सञ्चालन गरेको अभियोगमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा पर्सा सखुवाप्रसौनी गाउँपालिका-५ घर भई कास्की पोखरा महानगरपालिका-११ बस्ने ३७ वर्षीय विशाल साह कलवार र रुपन्देही लुम्बिनी सास्कृतिक नगरपालिका-४ घर भई पोखरा महानगरपालिका-११ फुलवारी बस्ने २७ वर्षीय ईमरान अहमद खान रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार गैरकानुनी रुपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास सञ्चालन गरिरहेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाट र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त टोलीले पोखरा महानगरपालिका-११ सिद्धेश्वरमार्गस्थित कोठामा कल बाइपास गरिरहेको अवस्थामा दुवै जनालाई पक्राउ गरेको हो ।

उनीहरुबाट भिओआइपी गेटवे ६४ पोर्टको दुई थान, वाइफाई राउटर एक थान, युपिएस एक थान, एनसेलको सिम पाँच सय ९७ थान, पेनड्राइभ एक थान, मोबाइल दुई थानलगायतका उपकरण बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकामाथि दूरसञ्चार ऐन, २०५३ अन्तर्गतको कसुरमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक ढकालले बताउनुभयो । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web