नेशनल लाइफ इन्स्योरेन्सबाट ज्येष्ठ नागरिकहरुलाई भोजनको प्रबन्ध

फाल्गुन १०, २०८० मा प्रकाशित | 556 views


देवीघाट । नेशनल लाइफ इन्स्योरेन्सको ३७ औं स्थापना दिवसको अवसरमा ज्येष्ठ नागरिकहरुको लागी एकदिनको भोजनको प्रबन्ध गरिएको छ ।

नेशनल लाइफ इन्स्योरेन्सको विदुर स्थित नुवाकोट शाखाले आफ्नो स्थापना दिवसको अवसरमा देवीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा बसोबास गर्दै आउनुभएका ज्येष्ठ नागरिकलाई एकदिनको भोजनको प्रबन्ध मिलाइएको हो ।


शाखा कार्यालय नुवाकोटका प्रमुख कृष्णप्रसाद भट्ट सहित उक्त कम्पनीको कार्यरत एजेन्सी मेनेजर रामप्रसाद रिजाल, राजेन्द्र लामिछाने, शर्मिला प्याकुरेल, उत्तमप्रसाद भट्टले प्रतिष्ठानमा रहनुभएका ३७ जना ज्येष्ठ नागरिकको लागी दश हजार रुपैयाँ उक्त प्रतिष्ठानका अध्यक्ष बिष्णुप्रसाद नेपाललाई प्रदान गर्नुभएको हो ।

उक्त रकमले एक दिनको भोजनको लागी सहयोग पुग्ने बताइएको छ । कार्यक्रममा नेशनल लाइफ इन्स्योरेन्सका नुवाकोट शाखा प्रमुख कृष्णप्रसाद भट्ट सहितको कर्मचारीले प्रतिष्ठानमा बसोबाँस गर्दै आउनुभएका ज्येष्ठ नागरिकहरुलाई फलफूल प्रदान गर्दै आर्शिवाद समेत ग्रहण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web