
त्रिशूली । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं .११ मा मा रहेका सरकारी तथा सामुदायिक सेवा प्रवाहमा खटिएका कर्मचारीले आवश्यक भन्दा धेरै बिदा लिएको पाइएको छ ।
वडाअध्यक्ष प्रकाशजंग पाण्डेले सूचना प्रकाशित गर्दै वडा भित्र रहेका स्वास्थ्य चौकी, विद्यालय सहितका अन्य सरकारी सेवा प्रवाहमा रहेका कर्मचारी, शिक्षकले चाहिने भन्दा बढी बिदा लिएको भन्दै बिदालाई अधिकारको रुपमा नलिई सेवा प्रवाहलाई नियमित गराइराख्न सचेत गराउनुभएको छ ।
मंगलबार जारी गरिएको सूचना अनुसार ती कर्मचारीहरुले बिदालाई सहुलियतको रुपमा भन्दा पनि अधिकारको रुपमा लिएर चाहिने भन्दा बढी बिदा लिएको, शुक्रबार चाडै कार्यालयबाट निस्कने र आइतबार पनि ढिला पुग्ने गरेको, यदी कुनै साता सोमबार सार्वजनिक बिदा भएको समयमा शुक्रबार चाडै निस्केका कर्मचारी आइतबार कार्यालयमा अनुपश्थित हुने र एकैपटक मंगलबार मात्रै ढिलो गरेर उपस्थित हुने गरेको पाइएको भन्दै सचेत गराउनुभएको छ ।
वडाध्यक्षले जारी गरेको सूचना यस्तो छ :

15.48¡ÆC