काठमाण्डौमा फोहरबाट जैविक मल उत्पादन

फाल्गुन ८, २०८० मा प्रकाशित | 240 views

काठमाण्डौ । काठमाण्डौ महानगरपालिका वडा नं. २७ बाट सङ्कलन भएको झण्डै १४ हजार किलो जैविक फोहर टेकु ट्रान्सफर स्टेशनमा कम्पोष्टिङ भएको छ ।

फोहरलाई स्रोतमा वर्गीकरण गर्न थालेपछि जम्मा भएको फोहरलाई छुट्टै सङ्कलन गरी ढुवानी पनि छुट्टै गरेर छुट्टाछुट्टै व्यवस्थापन गर्न थालिएको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकामा वडा नं. २७ बाट घरेलु फोहरको दिगो व्यवस्थापनका लागि स्रोतमा वर्गीकरण गर्ने कामको थालनी भएको हो । ५ हजार जनसङ्ख्या रहेको वडा नं. २७ मा १ हजार ४ सय घरधुरी छन् । उनीहरुले उत्पादन गर्ने जैविक फोहरको मात्रा दैनिक औसत ५ सय किलो छ ।

वातावरण व्यवस्थापन विभागकी उपनिर्देशक सानुमैयाँ महर्जनले वडा नं. २७ मा फोहर वर्गीकरण गरेर माघ २१ गतेदेखि टेकु ल्याउन थालिएको जानकारी दिनुभयो । उहाँका अनुसार सङ्कलित फोहरको १५ प्रतिशत मात्रामा जैविक मल उत्पादन हुन्छ ।

फोहरको दिगो व्यवस्थापनका लागि स्रोतमा नै वर्गीकरण गर्ने अभियान थालिएपछि वडाबाट फोहर उत्पादनको स्वरुपमा परिवर्तन आएको विभागका इञ्जिनीयर सरकारदीप श्रेष्ठले बताउनुभयो । उहाँले कुहिने फोहर उपभोक्ता आफैँले मल बनाउने र नकुहिने फोहर बेच्न मिल्नेजति बच्ने गर्न थालेका जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web