तुप्चेमा आयोजित नि:शुल्क आधारभूत स्वास्थ्य जाँचमा चारसय जनाले सेवा लिए

फाल्गुन ६, २०८० मा प्रकाशित | 617 views


त्रिशूली । नुवाकोटको त्रिशूली बजारमा रहेको त्रिशुली डेन्टल केयर र नेपाल शिक्षा कोषको संयुक्त आयोजनामा आज एक दिने आधारभुत स्वास्थ जाँच(general health check up) एवम् मुख स्वास्थ परिक्षण(oral health screening camp) शिविर संचालन गरिएको छ।

No description available.

विदुर नगरपालिका वडा नं ७ तुप्चेमा रहेको श्री चण्डेश्वरी माध्यामिक विद्यालयमा अध्ययनरत करिब ४०० बिध्यार्थी हरुको निशुल्क स्वास्थ जाँच, उपचार तथा औषधि वितरण गरिएको उक्त विद्यालयमा कार्यरत बिध्यालय स्वास्थ नर्स मनिसा तिवारिले जानकारी दिनुभयो।

No description available.

उहाँको अनुसार शिविरमा कक्षा नर्सरी देखि १२ सम्म अध्यनरत बिध्यार्थीहरुको उत्साह जनक सहभागिता रहेको थियो।

No description available.

शिविरमा डा.कन्चन बोगटी ,डा.सुनिल बानिया ,डा. ज्योती बोगटी ,डेन्टल हाइजिनिस्टहरु श्रीहरि बोगटी , सुनिता खड्का सहितको करिब ८ जना स्वास्थकर्मीहरुको टोलिले सेवा प्रदान गर्नुभएको थियो।

No description available.

नि:शुल्क शिविरमा धेरैजसो बालबालिकाहरुमा आँखा,नाक कान घाँटि तथा छाला सम्बन्धी एवम् दाँतमा किरा लाग्ने समस्या अत्याधिक रुपमा पाइएको उक्त शिविरका सँयोजक श्रीहरि बोगटीले जानकारी दिनुभयो।

No description available.

नेपालका विभिन्न जिल्लाहरुमा बिध्यार्थी हरुको General Health Check up संचालन गर्दै आउनुभएका नेपाल शिक्षा कोषका प्रतिनिधि रामहरि बस्नेतले मुख स्वास्थको महत्व दर्साउदैँ Basic Health check up अन्तर्गत मुख स्वास्थ सँगै लानुपर्ने कुरामा विशेष जोड दिनुभयो।

No description available.

साथै विद्यालयका बालबालिकाहरुका समस्या समयमै पहिचान गरि उपचार प्रक्रिया गर्नु अति नै आवश्यक हुने कुरा औल्याउँदै आगामी दिनहरुमा यस्ता कार्यक्रम समय समयमा विभिन्न विद्यालयहरुमा सँचालन गर्दै जानुपर्ने कुरामा विशेष जोड दिनुहुदै आगामी कार्यक्रमहरुका लागि विद्यालयका प्रधान अध्यापक हरिप्रसाद रिजाल र ब्यबस्थापन समितिका अध्यक्ष नवराज नेपालले शुभकामना व्यक्त गर्नुभएको थियो ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web