
त्रिशूली । ‘विश्व सालक दिवस’को पूर्वसन्ध्यमा डिभिजन वन कार्यालय नुवाकोटले विदुर नगरपालिकास्तरीय माध्यमिकतह हाजिरी जवाफ प्रतियोगिता मार्फत सचेतना जगाएको छ ।
विदुर नगरपालिका वडा नं. १ स्थित त्रिभुवन त्रिशुली मा.विमा शुक्रबार आयोजित कार्यक्रममा नगरपालिका भित्रका ८ वटा विद्यालयहरू बीच हाजिरी जवाफ प्रतियोगिता मार्फत सालक संरक्षणको लागी विद्यार्थी, शिक्षक सहित सरोकारवालाहरुलाई सचेतना गराइएको हो ।

प्रतियोगितामा त्रिभुवन त्रिशुली मावि पहिलो हुदै नगद पाँच हजार, विरेन्द्र मा.वि.दोश्रो हुदै नगद चार हजार, महेन्द्र मा.वि तेश्रो हुदै नगद तीन हजार र तीनघारे पिपलडाँडा मा.वि.ले सान्त्वना स्थान हासिल गर्दै नगद दुई हजार प्राप्त गर्न सफल भएको छ ।
उत्कृष्ठ भएका विद्यालयका विद्यार्थीको लागी नगद रुपैयाँ सहित प्रशंसा पत्र र मायाको चिनो कार्यक्रमका प्रमुख अतिथी विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले डिभिजन वन कार्यालयले वन, वन्यजन्तु र वनपैदावरको संरक्षणको लागी आयोजना गरेको रचनात्मक कार्यक्रम निकै प्रभावकारी भएको भन्दै प्रशंसा गर्नुभयो ।
हाजिरीजवाफ प्रतियोगिताको आयोजक डिभिजन वन कार्यालय नुवाकोटका डिभिजनल प्रमुख रोशना पोखरेल (गुरागाई)ले विश्वभर हालसम्म विभिन्न आठ जातिका सालक पाइने भएपनि नेपालमा भने संकटग्रस्त अजस्थामा रहेको कालो सालक र लोपोन्मुख तामे सालक मात्र पाइने भएकाले संरक्षणको लागी सरोकारवालाहरु सबैले ध्यान दिनुपर्ने बताउनुभएको छ ।
नेपालमा नुवाकोटसंगको छिमेकी राष्ट धादिङको थाङसिङबेसी, काभ्रेको बलथली, काठमाडौँको नागार्जुन, रामेछापमा सेतो सालक पाइने वन्यजन्तुविज्ञले बताएकाले हामीहरुको घर नजिकै समेत सालक हुनसक्ने भएकाले त्यसलाई संरक्षण गर्नको लागी नियन्त्रणमा लिन, आक्रमण तथा सिकार नगर्न, समातेर घरमा पाल्ने प्रयास नगर्नको लागी अनुरोध गर्नुभएको छ ।

सामान्यतया दुई हजार ५ सय मिटर उचाइको सालको जंगलमा भेटिने सालकको दाँत हुदैन भने यसले ६० देखि ७० सेन्टिमिटरसम्म फैलने जिब्रोको सहयोगले धमिरा र कमिला खाएर जीवन जिउने गरेको डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख रोशना पोखरेल (गुरागाई)ले जानकारी दिनुभयो ।
विशेष गरेर रातको समयमा आहार खोज्न निस्कने सालक माटोकै रंगको भएकाले छुट्टयाउन मुस्किल पर्ने गरेको छ । कहीकतैबाट आक्रमणको चाल पाउँदा डल्लो परेर बस्ने भएकाले नियन्त्रणमा लिन सजिलो पर्ने भएकाले यसको सरंरक्षणमा गम्भीर हुन सानै उमेरका बालबालिका समेतलाई जानकारी गराउनको लागी विद्यालयतहस्तरीय हाजिरीजवाफ प्रयोगिता गरिएको उहाँले जानकारी दिनुभयो ।
सालकको बासस्थान :
सालक मध्य पहाडी क्षेर्त्रको ओसिलो भेकमा पाइन्छ। नेपालमा यिनीहरू चुरे पहाडको छेउँछाउँमा भेटिन्छन्। महाभारत पर्वत र यस श्रृङ्खलाका भित्री खोँचहरू जस्तै : धादिङ, काभ्रेपलाञ्चोक,गोर्खा, रामेछाप, संखुवासभा र सिन्धुली आदि जिल्लाका पारिला भीरहरू, नदी किनार र बेसीहरूमा पनि पाइएका छन्। धादिङको केवलपुर थानसिङबीचको बेँसीमा, काभ्रेको बलथलीमा र सिन्धुलीको नाकाझोजीमा करीब दुई फिट लामा, त्यस्तै काठमाडौैंको नागार्जुन क्षेत्रमा पनि सेता सालक पाइने कुरा स्थानीयबासीहरू बताउँदछन्।
सालकको आहारा :
सालकले मुख्य रूपमा धमिरा खान मन पराउँछ। तर यसले कमीला लगायत साना कीराहरू पनि खान्छ । खास गरेरधमिरालाई नियन्त्रण गर्न सक्ने अर्को जीव हो सालक । सालक धमिराको शत्रु हो । यौटा सालकले वर्षमा ७ करोडभन्दा बढी धमिरा र कीरा कमिला खान्छ । सालक विश्वमै लोपोन्मुख प्रजातिको जंगली जीव हो ।
सालकले किसानहरूको बालीनाली नोक्सान गर्ने कीरा, कमिला र धमिरा खान्छ । हामीलाई नोक्सान गर्न सक्ने कीरा धमिरालाई प्राकृतिक तरिकाले नियन्त्रणमा लिने हुँदा सालक मानव समुदायका लागि हितकारी जीव हो । तर केही वर्षयता यो जीव संकटमा छ । आकारमा न्याउरी मुसोजस्तो देखिने सालकका शरीरभर बाक्ला र कडा कत्ला हुन्छ । रातिमा मात्रै चर्न निस्कने हुनाले यसलाई कमैले देख्ने गरेका छन् । राष्ट्रियनिकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनले सालकलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ ।
सालक लोप हुने कारण :
साइटिसले यसको व्यापार व्यवसायलाई दण्डनीय बनाएको छ । तर केही वर्षअघिसम्म मासुका लागि मारिने सालक पछिल्लो समय कत्लाका लागि विदेश चोरी निकासी हुने गरेको छ । तस्करहरू सालकको पिछा गर्दै यसलाई मारेर छाला र कत्ला बेच्छन् । कैयौँ तस्कर समातिएका पनि छन् । यसले गर्दा सालकको संख्या घट्दै गएको छ । सालक एसियाको नेपाल, चीन, भारत र श्रीलङ्काका साथै अफ्रिकामा पाइन्छ । यो धादिङ लगायत नेपालका विभिन्न जिल्लामा फेला परेको छ ।

नेपालमा समुद्र सतहदेखि दुई हजार मिटर उचाइको क्षेत्रमा सालक भेटिएको छ । काठमाडौँ उपत्यका, धादिङ, चितवन, सुर्खेत, बर्दियालगायत ४३ जिल्लामा यसबारे अध्ययन थालिएको छ । विश्वमा ८ जातिका सालक छन् । तीमध्ये नेपालमा दुई जातिका मात्र पाइन्छन् । यहा पाइने सालक कालो र तामे रंगका हुन् । आईयूसीएनले सालकलाई जोखिमपूर्ण र लोपोन्मुखजीवको सूचीमा राखेको छ । यसको संरक्षणमा चेतना जगाउन हरेक वर्ष सालक दिवस पनि मनाइन्छ । सालक मारेमा वा यसको अंगको व्यापार गरेमा ४० देखि ७५ हजार रुपैयाँसम्म जरिवाना, एकदेखि १० वर्षसम्म कैद या दुवै सजाय हुन सक्ने निकुञ्ज ऐनमा व्यवस्था छ ।
15.48¡ÆC