भ्रामक समाचारप्रति ककनीको गम्भीर ध्यानाकर्षण

माघ १९, २०८० मा प्रकाशित
Published at 2024-02-02

137 views

नुवाकोट । अनलाईन मिडियामा प्रकाशित 'कमिसन नमिलेर ठेक्का रद्द' भन्ने शीर्षकमा समाचारप्रति गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

विज्ञप्तिमा अगाडि लेखिएको छ गत आ.व.२०७९।८० मा ककनी गाउँपालिकाको वडा नं २ upgrading of OkhlehilleyVitta-SanuChitrey Gaireykharka rural Road कालोपत्रे गर्नको लागि विशेष गाउँसभाबाट ५३ लाख स्वीकृत भई लागत ईष्टमेट भ्याट सहित रु.५१४६५८०.६४ को विद्युतिय टेण्डर आह्वान गरिएको थियो ।

टेण्डर खुले पश्चात उक्त टेण्डरमा डि.जि प्रकाश कन्स्ट्रक्शनको मात्र भ्याट सहित रु.५१५७८०६.७२ bid गरि लागत ईष्टमेट भन्दा वढी मुल्य रु ११२२६.०८ को कवोल गरिएको हुँदा सार्वजनिक खरिद ऐन २०६३ को दफा २६ को (१ )को (ख) मा न्युनतम मुल्याङ्कन सारभूत रुपमा प्रभाबग्राही बोलपत्रको कबोल अंक लागत अनुमान भन्दा बढी भएमा बोलपत्र अस्वीकृत हुने वा खरिद कारवाही रद्द गर्ने कानुनी व्यवस्था भएको हुँदा सोही ऐन बमोजिम D G प्रकाश कन्स्ट्रक्शन ले पेश गरेको विड डकुमेन्टको खरिद प्रकृया अस्वीकृत गरिएको हो ।

टेण्डर रद्द भए पश्चात उक्त सडकका लागि संघीय सरकार संग समपुरक अनुदानमा वजेट विनियोजन गरी उक्त सडकलाई नै स्तरोन्नती गर्ने कार्य निरन्तर भईरहेको छ ।

गाउँपालिका अन्तरगत रहेका विद्यालयहरुको व्यवस्थापन गर्दा गाउँ शिक्षा समितिको सिफारिसमा कार्यपालिकाको वैठकको निर्णय अनुसार विद्यालय मर्ज, शिक्षक सरुवा र पदस्थापना भएको छ ।

यसमा कोही कसैलाई पक्षपात र भेदभाव नगरिएको समेत जानकारी गराएको छ ।औषधि खरिद सम्बन्धमा गाउँपालिकाको सबै वडा अन्तर्गतको स्वास्थ्य चौकीहरुमा प्रयोग हुने औषधिजन्य सामाग्रीहरु खरिद सार्वजनिक खरिद ऐन २०६३ बमोजिम विद्युतिय टेण्डर मार्फत खरिद गरिएको जनाएको छ ।

उक्त विद्युतीय टेन्डरको लागि मिति २०८०।०४।२४ गतेको कार्यपालिकाको निर्णय बमोजिम नै भएको र सार्वजनिक खरिद ऐन २०६३ बमोजिम र नेपाल सरकार स्वास्थ्य सेवा विभागको मापदण्ड बमोजिमका औषधिहरु मात्र माग गरिएको हो । जसमा ४ वटा फर्मले bid गरेकोमा सार्वजनिक खरिद ऐन २०६३ मा व्यवस्था भएबमोजिम सबैभन्दा कम रकम कबोल गर्ने Gosainkunda Medicine Suppliers (सार्वजनिक खरिद अनुगमन कार्यालयमा कालो सूचीमा नपरेको) छनौट गरिएको हो । गुणस्तरको विषयमा गुणस्तर जाँच अनुगमन समितिको रोहवरमा सवै औषधिहरु कार्यालयको माग बमोजिम भए नभएको एकिन गरे पश्चात मात्र ‍औषधिहरु खरिद गरिएको जानकारी गराएको छ ।

साथै गाउँपालिकाले प्रवाह गर्दै आएको सेवा र विकास निर्माणका कार्यहरु पारदर्शी तरिकाले भईरहेको जानकारी गराउँदै आम नागरिकको सूचनाको हकलाई समेत प्रचलनमा ल्याईरहेको अवस्थामा सेवा प्रवाह तथा विकास निर्माणको कार्यबाट अतालिदैँ आएको समाचारबाट आम ककनी वासी भ्रममा नपरि सचेत रहन र आम नागरिकलाई कुनै विषयमा शंका उत्पन्न भएमा गाउँपालिका कार्यालयमा सम्पर्क गरी जानकारी लिनका लागि अपिल गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Website by Muncha Developers.