
बिदुर । अखिल (क्रान्तिकारी) जिल्ला समिति नुवाकोटको १८ औं जिल्ला सम्मेलन नयाँ नेतृत्व निर्वाचित गर्दै बिहिबार सम्पन्न भएको छ ।

सदरमुकाम सुखद पाहुना घर , बिदुरमा सम्पन्न सम्मेलनको बन्दसत्रले विवेक सीको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ ।
सम्मेलनको सम्बोधन सहित नवनिर्वाति समितिलाई वधाई दिदै स्थाइ समिति सदस्य सुशिल सीले अबको बिधर्थि आन्दोलन हाक्ने र देश निमार्ण गर्ने प्रमुख दायित्व नवनिर्वाचित विधर्थिहरुको काँधमा आएको बताए । उनले त्यो जिम्मेवारी अग्रमोर्चामा रहेर पुरा गर्न नयाँ कार्यसमितिलाई शुभकामना दिए ।

नवनिर्वाचित जिल्ला कार्यसमितिलाई संगठनका केन्द्रीय कार्यालय सदस्यसमेत रहेका बागमती कमाण्ड इन्चार्ज मदन सीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए |
बागमती कमाण्ड इन्चार्ज मदन सीले आफ्नो संगठनले अन्य संगठनको तुलनामा विद्यार्थीका मुद्धा बलियो रुपमा उठाएको दाबी गर्दै केन्द्रीय समितिको गति अनुसार नै जिल्ला समितिलाई पनि अघि बढ्न निर्देशन दिए ।उक्त कर्यक्रममा अतिथि अखिल (क्रन्तिकारि ) का केन्द्रिय सद्स्य तथा पश्चिम ताम्सालिंङ व्यूरो इन्चार्ज मेघेन्द्र सिले प्यानल प्रस्ताव राख्नुका साथै बधाइ मन्तव्य समेत राखेका थिए |
सम्मेलनका अतिथि नेकपाका केन्द्रीय सदस्य तथा नुवाकोट जिल्ला इन्चार्ज निर्देश सि, नेकपाका केन्द्रीय सदस्य तथा रसुवा जिल्ला इन्चार्ज सागर सि , नुवाकोट जिल्ला सेक्रेटरी संगम सि, युवा सङ्गठन नेपालका केन्द्रिय सचिवालय सदस्य तथा पश्चिम तामसालिङ ब्युरो इन्चार्ज जिबन सी , अखिल (क्रान्तिकारि ) का केन्द्रिय सदस्य रोजि सि , CTEVT उपत्यका जिल्ला सचिव रुप सि , पोखरा विश्वविद्यालयको उपत्यका सचिव अजित सी , अखिल (क्रान्तिकारी का धादिङ जिल्ला अध्यक्ष उदेश सि लगायतको उपस्थिती रहेको थियो ।
21.12¡ÆC