पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षाको सम्भावना

माघ १६, २०८० मा प्रकाशित | 425 views

काठमाडौँ । आज पाँच वटा प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा हल्कादेखि छिटपुट वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूपश्चिम प्रदेशका पहाडी एक/दुई ठाउँमा हल्कादेखि छिटपुट पानी पर्न सक्ने तर ठूलो पानी नपर्ने मौसमविद् गोविन्द झाले बताउनुभयो ।

नेपालमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव छ । तराई मधेसमा आज पनि बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

आज बिहान काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम तीन डिग्री सेल्सियस मापन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web