शहीद सप्ताह अन्तर्गत आज गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको सम्झना गरिँदै

माघ १५, २०८० 2024-01-29 मा प्रकाशित
Published at 2024-01-29

240 views

काठमाडौँ । शहीद सप्ताह अन्तर्गत आज शहीद गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको सम्झना गरिँदैछ ।

माघ १० गतेदेखि शुरु भएको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज शोभा भगवतीमा गङ्गालाल र दशरथ चन्दको शालिकमा पुष्पगुच्छा अर्पण गरी सम्झना गरिँदैछ ।

हुकुमी राणा शासनको विरुद्धमा काम गरेको र नागरिकलाई प्रजातन्त्रका लागि उक्साएको आरोपमा १९९७ साल माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवतीमा मृत्युदण्ड दिइएको थियो ।

ज्यानको माया गरेर कायल हुनुभन्दा प्रजातन्त्रका लागि गोली खान तयार भएका उनीहरुलाई पहिले घुँडाभन्दा तल गोली हानिएको थियो । त्यति गर्दा पनि कायल नभएपछि ज्यान जाने गरी गोली ठोकिएको थियो ।

शहीद सप्ताको पहिलो दिन १० गते शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेको ठाउँ टेकु पचलीमा तथा दोस्रो दिन अस्ति १३ गते धर्मभक्त माथेमालाई मृत्युदण्ड दिएको ठाउँ सिफलमा स्मरण कार्यक्रम गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.