चन्द्रागिरीको सेतो पहरामा कार दुर्घटना हुँदा पाँच जनाको ज्यान गयो

पुस २८, २०८० मा प्रकाशित | 224 views

काठमाडौँ । काठमाण्डौको चन्द्रागिरि नगरपालिका–४ सेतो पहरामा कार दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

काठमाण्डौबाट चित्लाङतर्फ गइरहेको प्रदेश तीन ०१, २३ च ६९५८ नम्बरको कार सडकबाट खस्दा पाँच जनाको ज्यान गएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता प्रहरी उपरीक्षक कुमोध ढुंगेलले उज्यालोलाई जानकारी दिनुभयो ।

दुर्घटनामा काठमाण्डौको मैतिदेवी बस्ने वर्ष ६७ वर्षका ओमकार निधि तिवारी, ६४ वर्षीया कल्पना तिवारी, लाजिम्पाट बस्ने डाक्टर महेशकुमार गौतम, ६ वर्षीया स्मारिका गौतम र ४ वर्षका प्रियान्स गौतमको ज्यान गएको हो ।

दुुर्घटनामा ज्यान गुमाएकी ६ वर्षीया स्मारिका गौतमकी आमा डा सृष्टि तिवारी सामान्य घाइते हुनुभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web