सन् २०२३ अहिलेसम्मकै तातो वर्ष बनेको रेकर्ड कायम

पुस २५, २०८० मा प्रकाशित
Published at 2024-01-10

124 views

काठमाडौँ । सन् २०२३ अहिलेसम्मकै तातो वर्ष बनेको पुष्टि भएको छ । सन् १९४० जनवरीदेखिकाे तथ्याङ्क विश्लेषणबाट सन् २०२३ अहिलेसम्मकै तातो वर्षको रूपमा पुष्टि भएको युरोपियन युनियन (ईयू) को जलवायु सेवालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

विशेषगरी खनिज इन्धनको प्रयोग बढेको सन् १९४० देखि सन् २०२३ सम्मको औसत तापक्रम भन्दा सन् २०२३ को औसत तापक्रम एक दशमलव ४८ डिग्री सेल्सियसले बढेको देखिएको छ । त्यसअघि सन् १८५० देखिकाे औसत तापक्रम भन्दा सन् १९४० को औसत तापक्रम एक दशमलव ४३ डिग्री सेल्सियसले बढेको थियो । गएको जुलाईपछिका हरेक दिनजसो विश्वव्यापी उच्च तापक्रमको रेकर्ड बन्ने गरेको देखिएको छ ।

सन् २०२३ को अक्टोबरमा पृथ्वीको तापक्रम अस्वाभाविक रूपमा बढेको देखिएको ईयूको प्रतिवेदनमा उल्लेख छ । सन् २०२३ मा समुद्री सतहको तापक्रमले पनि यसअघिका रेकर्ड तोडेर उच्च भएको छ ।

खनिज इन्धनको प्रयोग तथा औद्याेगिकीकरण लगायतका कारण कार्बनडाइअक्साइड लगायतका ग्यास हावामा धेरै छोडिँदा तापक्रम बढिरहेको विज्ञहरूले बताएका छन् । सन् २०२३ मा अस्वाभाविक रूपमा बढेको तापक्रमको मुख्य कारण भने पूर्वी प्रशान्त महासागरमा देखिएको एल निनो रहेको ईयूको प्रतिवेदनमा भनिएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Website by Muncha Developers.