सर्वपक्षियद्धारा बिकास निमार्णका कार्यको अनुगमन तथा मुल्याङ्कन

असार २७, २०७३ मा प्रकाशित | 1088 views

<p>पप्पु गुरुङ्, २६ असार, दोधारा चाँदनी । बिभिन्न राजनीतिक दलहरु सम्मिलित सर्वपक्षिय समितिले दोधारा चाँदनीको बिकास निमार्णको कार्यको अनुगमन गरेको छ् । दोधारा चाँदनी नगरपालिकाका कार्यकारी प्रमुख महेश बमको नतृत्वमा अनुगमन समितिले दोधारा चाँदनीको वडा नं. १ देखि १० सम्मका सम्पुर्ण भए गरेका बिकास निमार्णका कार्यको अनुगमन तथा मुल्याङ्कन गरेको छ् । दोधारा चाँदनी नगरपलिकाको कार्यालबाट बिनियोजित सम्पुर्ण रकमको रकमबाट भए गरेको बिकास निमार्णका कार्यको आज सर्वदलिय, नगरपालिकाको कार्यालय, नागरिक समाज, पत्रकारको एक टोलीे अनुगमन तथा मुल्याङ्कन गरेको छ् । बाटोमा ग्रबिलिङ्ग, कलर्भट निमार्ण, बिद्यालयको भवन निर्माण तथा मर्मत, पुलपुलैया निर्माण लगाएत कार्यको अनुगमन तथा मुल्याङ्कन समेत गरेका हो । आर्थिक वर्ष २०७२/०७३ का लागी छुट्याईएको रु. १ करोड ९६ लाख ३३ हजार केन्द्रिय अनुदान, रु. १० लाख आन्तिरिक श्रोत रकम र रु. २५ लाख वातावरण मैत्री स्थानिय शासन गरि जम्मा गरि रु. २ करोड ३१ लाख ३३ हजार बराबरको बिभिन्न शिर्षकमा भएका कार्यको आज सर्वपक्षिय सयन्त्रद्धारा अनुगमन गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् । अनुगमनमा नेपाली काग्रेसका डम्मर चन्द, नेकपा(एमाले) का राजिव खड्का, संघिय समाजबादी फोरमका यम बहादुर थापा मगर, राप्रपा नेपालका अमर बहादुर बोहरा , नयाँ शक्ती पार्टी नेपालका पदम बहादुर सिंह ठकुरी, नागरिक समाजका ज्ञानेन्द्र बहेक क्षेत्री, प्रकाश चन्द, पत्रकार पप्पु गुरुङ्ग, वडा नागरिक मञ्चका शान्ता निरु देबि, नागरिक सचेतना केन्द्रका शान्ता सुनार लगाएत नगरपालिकाका कर्मचारी सहभासगता रहेका थिए । सर्वपक्षिय सयन्त्रले कुल बिनियोजित बजेटको ९७ प्रतिशत रकमको कार्य सम्पन्न भईसकेको बताएको छ् । <br><br><br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web