आयल निगमका कार्यकारी निर्देशक थानीद्वारा राजीनामा

मंसिर २७, २०८० मा प्रकाशित | 297 views

काठमाडौँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले राजीनामा दिनुभएको छ ।

थानीले मङ्गलवार दिउँसो राजीनामा पत्र बुझाएको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले जानकारी दिनुभयो । स्वतन्त्र भएर बस्छु मन्दै थानीले राजीनामा पत्र बुझाएको पनि मन्त्री रिजालले बताउनुभयो ।

आज बुधवारदेखि नै लागू हुनेगरी थानीले राजीनामा बुझाउनुभएको छ । उहाँले २०७८ साल फागुन २६ गते निगमको कार्यकारी निर्देशकको रूपमा नियुक्ति लिनुभएको थियो । तीन वर्षका लागि नियुक्त हुनुभएका थानीले एक वर्ष नाै महिनामै राजीनामा दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web