२६ असार, काठमाडौं ।
व्यवस्थापिका संसदको संसदीय सुनुवाइ समितिले प्रधान न्यायधिसमा प्रस्तावित सर्वोच्च अदालतका वरिष्ठ न्यायधिस शुसीला कार्किको प्रस्तावलाई आज अनुमोदन गरेको छ ।

संसदीय सुनुवाई समितिका संयोजक कुलबहादुर गुरुङको अध्यक्षतामा आज सिंहदरवारमा बसेको बैठकले कार्किको नाम अनुमोदन गरको हो ।

बिषेश समितिको निर्णय पछि अब राष्ट्रपतिद्धारा प्रधान न्यायाधिसमा कार्कीलाई नियुक्ती गर्न बाटो खुलेको छ ।

यसअघि संसदीय सुनुवाई समितिमा सासंदहरुद्धारा सोधिएका प्रश्नको उत्तरदिने क्रममा प्रधान न्यायधिसमा प्रस्तावित कार्किले अदालतमा भ्रष्टाचारप्रति शुन्य सहशीलता अपनाइने स्पष्ट पार्नुभयो ।

उहाले अदालतका कामकारवाहि छिटोछरितो बनाउन आफु प्रयत्नशील रहने बताउनु भयो ।

प्रधान न्यायधिसमा प्रस्तावित शुसीला कार्कि प्रधान न्यायधिसमा नियुक्तिसंगै देशको पहिलो महिला न्यायधिस हुनुहुनेछ ।

26.12¡ÆC