२६ असार, काठमाडौं ।
राष्ट्रकवि माधवप्रसाद घिमिरेले साहित्यकार रघुराम न्यौपानेको गीति काब्य 'दुःखमा देश' को विमोचन गर्नुभएको छ । आइतबार राष्ट्रकवि घिमिरे निवास लैनचौरमा प्रमुख अतिथि घिमिरे, बिशेष अतिथि गजल सम्राट ज्ञानुवाकर पौडेल र काब्यकार न्यौपानेले संयुक्त रुपमा कृतिको विमोचन गर्नुभएको हो ।

कृतिको बिमोचन गर्नुहु“दै राष्ट्रकवि माधवप्रसाद घिमिरेले गजलकार न्यौपानेका धर्ति हल्लाउने कैयौं गीतहरु मुटु छुने खालको रहेको बताउनुभयो । उहाले हृदयस्पर्शी मार्मिक गीति रचना गरेको बताउनुहुदै गजलकार न्यौपानेलाई काब्य साधनामा लागिरहन आग्रह गर्नुभयो ।

यस्तै कार्यक्रमका अतिथि गजलसम्राट ज्ञानुवाकर पौडेलले गद्य कविताको यूगमा छन्द्धबद्ध काब्य प्रतिको आक्रषण घट्दै गइरहेका बेला गजलकार न्यौपानेको दोश्रो काब्य पनि छन्द्धमा ल्याई योगदान पु¥याउनु भएको भन्दै प्रशंसा गर्नुभयो ।

गजलकार न्यौपानेको पाँचौ कृति गीति काब्य दुःखमा देशमा गएका बर्षदेखि यतिबेलासम्म देशले भोगेको प्राकृतिक बिपत्ति, कोशी नदी थुनिएको प्रशंग, गतबर्षको गएको बिनासकारी भूकम्प, भारतले गरेको नाकाबन्दी, बेलायती राजकुमार ह्यारीको नेपालप्रतिको सद्भाव, नेपालको प्राकृतिक सौन्दर्यताको बर्णन लगायतका भाव कृतिमा समेटिएको छ ।

कृति बिभिन्न छ शीर्षकमा बिभक्त छ । काव्यभित्र दुःखमा देश, कोशी थुनिँदा, ६९ को पोखरा, आकाशिएको गोरे दाईको मन, पहिलो भ्रमण मोदीको शीर्षकमा झ्याउरे छन्द्धका गीत रहेका छन् ।

रविन न्यौपाने र उमेश सापकोटाले प्रकाशन गरेको कृतिलाई रञ्जना न्यौपानेले सम्पादन गर्नुभएको छ । ४८ पेजमा रहेको कृतिको ब्यक्तिगत मुल्य १ सय र संस्थागत मूल्य ५ सय राखिएको छ ।

कृति बिमोचन समारोहमा पोखराका साहित्यकार एवं छन्द बचाउ अभियानका अभियन्ता शालिकराम आर्चाय, मुक्तकाकार त्रिपुरा पौडेल र संग्रहका सम्पादक रञ्जना न्यौपानेको पनि उपस्थिति रहेको थियो ।

20.08¡ÆC