जावलाखेलमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी शुरु

कार्तिक १४, २०८० मा प्रकाशित | 1865 views

काठमाडौँ । फ्लोरिकल्चर एशोसिएसनको आयोजनामा ललितपुरको जावलाखेलमा १६ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी शुरु भएको छ ।

आज मङ्गलवार कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालले १६ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको उद्घाटन गर्नुभयाे । प्रदर्शनतीमा ७० वटा स्टल रहेका छन् ।

फ्लोरिकल्चर एशोसिएसनले नेपाली किसानकाे उत्पादनलाई प्रोत्साहन एवम् प्रवर्द्धन गर्नका लागि मेला आयोजना गरिएको बताएको छ । तिहारलाई लक्षित गरेर आयोजना गरिएको यो प्रदर्शनी पाँच दिनसम्म चल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web