चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको ६८ वर्षको उमेरमा निधन

कार्तिक १०, २०८० 2023-10-27 मा प्रकाशित
Published at 2023-10-27

220 views

काठमाडौँ । चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन भएको छ । ६८ वर्षीय पूर्वप्रधानमन्त्री खछ्याङको हृदयघातका कारण बिहीवार राति निधन भएको चिनियाँ सञ्चारमाध्मयले जनाएका छन् ।

पूर्वप्रधानमन्त्री शङ्घाईमा बस्दै आउनुभएको थियो । उहाँ सत्तारूढ चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) मा राष्ट्रपति सी जिनपिङपछिको दोस्रो वरीयतामा हुनुहुन्थ्यो ।

सीपीसीको तल्लो तहबाट उठ्दै माथि पुग्ने नेताहरूमा गनिने ली खछ्याङलाई कुनै समय भावी प्रधानमन्त्री भनेर समेत चर्चा हुने गरेको थियो ।

पेकिङ विश्वविद्यालयमा अध्ययन गर्नुभएका उहाँ अर्थनीतिको जानकार पनि हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.