हनुमानढोकामा गोरखाबाट ल्याएको फूलपाती भित्र्याइयो

कार्तिक ४, २०८० मा प्रकाशित | 905 views

काठमाडौँ । हनुमानढोका दरबारको दशैँघरमा गोरखाबाट ल्याइएको फूलपाती हर्ष बढाइँका साथ भित्र्याइएको छ । गोरखाबाट धादिङको जीवनपुरसम्म गोरखा दरबारको दशैँघरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङको जीवनपुरबाट काठमाण्डौको जमलसम्म काठमाण्डाैबाट गएका ब्राह्मण जातिका छ जनाले त्याे ल्याउने परम्परा छ ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारी, गुर्जुको पल्टन, नेपाली सेनाको ब्यान्ड बाजा, पञ्जे बाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती भित्र्याइन्छ । आज पनि बडो तामझामका साथ फूलपाती भित्र्याइएको छ । पृथ्वीनारायण शाहले काठमाण्डाै राज्यमाथि विजय प्राप्त गरेदेखि गोरखाबाट काठमाण्डौ फूलपाती ल्याउने परम्परा छ । आजै राति कालरात्रि देवीको पूजा गरिन्छ ।

नवरात्रिको सातौँ दिन आज दुर्गापीठ, दशैँघर, कोत तथा घर–घरमा फूलपाती भित्र्याइन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, मानक, कचुर, दारिम, जयन्ती, अशोकको फूल र अन्य पालुवा भित्र्याउने चलन छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web