यसवर्ष सरदरभन्दा कम वर्षा

अशोज २४, २०८० मा प्रकाशित | 468 views

काठमाडौँ । नेपालमा यसवर्ष मनसुन अवधिमा ८८ दशमलव ५ प्रतिशत वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको अवधि जुनदेखि सेप्टेम्बर महिना अर्थात् चार महिनाको अवधिमा सरदरभन्दा कम वर्षा भएको छ ।

नेपालमा मनसुन अवधिमा सरदर १ हजार ४ सय ७२ मिलिमिटर वर्षा हुने गरेकामा यसवर्ष मनसुन अवधिमा १ हजार ३ सय ३ मिलिमिटर वर्षा भएको छ । विभागका मौसमविद् सुदर्शन हुमागाइँले आँकलन गरेअनुसार यस वर्षको मनसुन सरदरभन्दा कम वर्षा भएको बताउनुभयो ।

उहाँले सरदरभन्दा कम वर्षा हुने आँकलन गरिए पनि जोमसोममा २ सय १० दशमलव ७ मिलिमिटर वर्षा भएको छ, जुन सरदरको १ सय ३३ दशमलव ५ प्रतिशत हो ।

त्यस्तै काठमाण्डौमा १ हजार २ सय ८३ मिलिमिटर वर्षा भएको छ । जुन सरदरको १ सय ९ प्रतिशत हो । काठमाण्डौमा मनसुन अवधिमा सरदर १ हजार १ सय ७६ दशमलव ४ मिलिमिटर वर्षा हुन्छ ।

त्यसैगरी ओखलढुङ्गामा १ हजार ४ सय ९२ दशमलव १ मिलिमिटर वर्ष भएको छ, जुन सरदरको १ सय ७ प्रतिशत हो । यसपाली जनकपुरमा सरदरको आधा हाराहारी वर्षा भएको छ । यस वर्ष ६ सय ३७ दशमलव एक लिलिमिटर वर्षा मापन गरिएको छ । जनकपुरको सरदर वर्षा १ हजार १ सय ९५ दशमलव ८ मिलिमिटर हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web