
तारुका । लामो समयदेखि खानेपानी अभावको समस्या भोग्दै आएका नुवाकोटको तारकेश्वर गाउँपालिकाका वडा नम्बर २ र ३ का स्थानीयबासीलाई गाँउपालिकाको विशेष पहलमा छोटो अवधिमा नै पालिकास्तरीय गौरवको योजनाको रुपमा रहेको खानेपानी योजनाको सफल कार्यान्वयन भएको छ ।
तारकेश्वरको गौरवको रूपमा निर्माण भइरहेको जोरघट्ट खानेपानी आयोजनाको पहिलो चरणको काम सकिएसँगै आज गाँउपालिकको अध्यक्ष शिव अधिकारी अबिरलले एक कार्यक्रमको बीच शुभारम्भ गर्नुभएको हो ।

गाउँपालिका अध्यक्ष शिव अधिकारीले आज तीनवटै रिजर्भ ट्यांकी (नयाँ र पुराना समेत) मा पानी खसालेर खानेपानीको उद्घाटन गर्नुभएको हो । योसँगै, दशकौंदेखि तारुकावासीले भोग्दै आएको खानेपानीको समस्याको समाधान भएको छ ।

खानेपानी योजनाको उद्घाटनपछि अध्यक्ष अधिकारीले लक्ष्यअनुरूप काम भएकोमा खुसी व्यक्त गर्दै पहिलो चरणको काम सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णमा आभार प्रकट गर्नुभयो । उहाँका अनुसार, दोस्रो चरणको (घरघरमा पक्की धारा बनाउने) काम छिटै सुरु हुनेछ । तारुकावासीले जोरघट्टको पानी उपभोग गर्न पाउने अवसर पाएक छन् ।

आयोजनाका लागि गत वर्ष प्रदेश सरकारले २५ लाख र गाउँपालिकाले ५२ लाख रुपैयाँ विनियोजन गरेको थियो । बहुवर्षीय योजनाका रूपमा आयोजनाका बाँकी चरणका काम सम्पन्न हुँदै जाने अध्यक्ष अधिकारीले बताउनुभएको छ ।


15.31¡ÆC