नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

भदौ २६, २०८० मा प्रकाशित | 469 views

नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौँ । संविधान सभा अध्यक्ष सुवास नेम्वाङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ। सरकारले नेकपा एमालेका उपाध्यक्षसमेत रहेका संविधानसभा अध्यक्ष नेम्वाङको निधनमा राजकीय सम्मान दिने निर्णय गरेको हाे।

मंगलबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले आज राती निधन भएका नेम्वाङको निधनमा राजकीय सम्मान दिने निर्णय भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले जानकारी दिए।

यस्तै सरकारले नेम्वाङको अन्त्येष्टिको दिन राष्ट्रिय बिदा दिने निर्णय समेत गरेको छ। उपाध्यक्ष नेम्वाङको आज राती हृदयघातका कारण निधन भएको थियो। उनका छोराहरू विदेशमा रहेकाले आएपछि मात्र अन्त्येष्टि गरिने भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web