२४ उपसचिव र ११ शाखा अधिकृतहरुको सरुवा (नामावलीसहित)

साउन १९, २०८० मा प्रकाशित
Published at 2023-08-04

257 views

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव वेदराज फुयाँललाई नगराइन नगरपालिका धनुषाको प्रमुख प्रशासकीय अधिकृत बनाएर सरुवा गरिएको छ ।

धनुषाकै विदेह नगरपालिकामा भूमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्रालयका काजीबहादुर विष्टलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा गरिएको छ ।

भूमि व्यवस्था मन्त्रालयकै देवीबहादुर भण्डारीलाई मिथिला बिहारी नगरपालिका धनुषामा, अनन्त कुमार बस्नेतलाई बरहथवा नगरपालिका सर्लाहीमा र योगेन्द्र दुलाललाई कटहरिया नगरपालिका रौतहटमा सरुवा गरिएको छ ।

राष्ट्रिय योजना आयोगका डा. नारायण पौडेललाई गोलबजार नगरपालिका सिरहामा र प्रधानमन्त्री कार्यालयका ज्ञानहरि घिमिरेलाई धनुषा नगरपालिका धनुषामा सरुवा गरिएको छ ।

लोक सेवा आयोगका एकनारायण शर्मालाई गढीमाई नगरपालिका रौतहट, केशव शर्मालाई रामगोपाल नगरपालिका महोत्तरी, उमेश कुमार पोखरेललाई मनरासिसवा नगरपालिका महोत्तरी, देवीप्रसाद सुवेदीलाई बोदेबरसाइन नगरपालिका सप्तरी र हिमलाल भण्डारीलाई पचरौता नगरपालिका बारामा सरुवा भएको छ ।

हेर्नुहोस् सरुवा भएका उपसचिव र शाखा अधिकृतहरुको नामावली

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.