चार वटा प्रदेशमा हल्का वर्षा, आज ठूलो पानी नपर्ने

साउन ६, २०८० मा प्रकाशित | 276 views

काठमाण्डौ । देशका चार वटा प्रदेशका थोरै ठाउँमा अहिले हल्का वर्षा भैरहेको छ । गण्डकी, लुम्बिनी, सुदुरपश्चिम र कर्णाली प्रदेशका थोरै ठाउँमा अहिले हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशभरकै मौसम बदली छ । मनसुनी वायुको आंशिक प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर छ । आज दिउँसो पनि देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने महाशाखाका मौसमविद् रोजन लामिछानेले बताउनुभयो । उहाँका अनुसार आज ठूलो पानी पर्ने सम्भावना छैन ।

आज दिउँसो बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँ तथा बाँकी थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज राति लुम्बिनी प्रदेशको तराई क्षेत्रका थोरै ठाउँमा हावाहुरीको पनि सम्भावना छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web