काठमाण्डौ उपत्यकाको फोहर ढुवानीमा अवरोध कायमै

साउन ५, २०८० मा प्रकाशित | 405 views

काठमाडौँ । काठमाण्डौ उपत्यकाको फोहर ढुवानीमा अवरोध कायमै छ । बिहीवार बिहान स्थानीयले फोहरको दुर्गन्ध कम गर्ने औषधि छर्कर्ने र फोहरलाई माटोले पुर्ने काम गरेपछि फोहर बोकेका गाडी बञ्चरेडाँडा जान दिने बताएका थिए । स्थानीयको मागअनुसार काठमाण्डौ महानगरपालिकाले काम थाले पनि फेरि उनीहरूले पुराना माग पूरा नभएसम्म गाडी जान नदिने अडान लिएका छन् ।

शहरी विकास मन्त्रालयसँग बुधवार नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयवासीकाे छलफलमा मौखिक सहमति भए पनि स्थानीयको अवरोधकै कारण फोहर बोकेका गाडी ल्यान्डफिल्ड साइट जान सकेका छैनन् । मन्त्रालयसँगको सहमतिअनुसार फोहर व्यवस्थापन भइरहेको सिसडोल र बञ्चरेडाँडामा दुर्गन्ध फैलिन नदिन फोहरलाई माटोले छोप्ने तथा औषधि छर्कने काम भइरहेको छ ।

फोहरको विषयलाई लिएर नुवाकोटको ककनी र धादिङको धुनीवेशीका स्थानीयले पटक–पटक आन्दोलन गर्दै आएका छन् । यसअघि पनि महानगरपालिका र शहरी विकास मन्त्रालयसँग दुर्गन्ध हटाई फोहर छोप्ने सहमति भएको थियो । तर त्यो कार्यान्वयन नभएको भन्दै स्थानीयले आन्दोलन गरिरहेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web