गोबर ग्यास प्रयोग गर्ने घरका बालबालिकामा बढी झाडापखाला

असार २४, २०८० मा प्रकाशित | 234 views

गोबर ग्यास प्रयोग गर्ने घरका बालबालिकामा बढी झाडापखाला

काठमाडौँ । गोबर ग्यास प्रयोग गर्ने घरका बालबालिकामा बढी झाडापखाला लाग्ने गरेको एक अध्ययनले देखाएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र लिड्स नेपालले गरेको अध्ययनमा खाना पकाउँदा दाउरा प्रयोग गर्नेभन्दा गोबर ग्यास प्रयोग गर्ने घरका बालबालिकामा ३० प्रतिशत बढी झाडापखाला लाग्ने देखिएको हो ।

परिषद् र लिड्स नेपालले काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका, मण्डनदेउपुर नगरपालिका, धुलीखेल नगरपालिका र भुम्लु गाउँपालिकामा पाँच वर्षमुनिका बालबालिकामा गरिएको अध्ययनमा गोबर ग्यास प्रयोग गर्ने घरका बालबालिकामा बढी झाडापखाला लाग्ने गरेको पाइएको हो ।

गोबर ग्यास प्रयोग गर्ने आमाले बच्चालाई दूध खुवाउँदा सरसफाइ नगर्ने, गोबर प्रयोगपछि साबुन पानीले राम्ररी हात नधुने, लुगा परिवर्तन नगर्ने जस्ता कारणले बालबालिकालाई झाडापखाला बढी लाग्ने गरेको अनुसन्धानमा संलग्न धीरज पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार गोबरमा रहेको जीवाणुले नै बालबालिकालाई झाडापखाला लाग्ने र झाडापखालाका कारणले बालबालिकाको वृद्धि विकासमा असर पर्ने बताउनुभयो । झाडापखालाका कारण बालबालिकामा पुड्कोपनाको समस्या देखिन्छ । पाँच सय ५० बालबालिकामा आधारित भएर याे अध्ययन गरिएको थियो ।

ती बालबालिकामध्ये ५० प्रतिशत गोबर ग्यास प्रयोगकर्ता परिवारका र ५० प्रतिशत दाउरा प्रयोग गर्ने परिवारका बालबालिका थिए । दुई वर्षमा गरिएको अध्ययनमा बालबालिकालाई के कस्ता खानेकुरा खुवाएको, किन ज्वरो आएको जस्ता कुरा सोधिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web