पाकिस्तानको लाहोरमा वर्षाका कारण १७ जनाको मृत्यु

असार २२, २०८० मा प्रकाशित | 362 views

काठमाडौँ । पाकिस्तानको पूर्वी प्रान्त लाहोरमा मुसलधारे वर्षाका कारण कम्तीमा १७ जनाको ज्यान गएको छ । ५० जनाभन्दा धेरै घाइते घाइते भएका छन् ।

ठूलो वर्षापछि डुबेर, भत्किएका भग्नावशेषमा पुरिएर र करेन्ट लागेर उनीहरुको ज्यान गएको पाकिस्तानकाे उद्धार विभागले जनाएको छ ।

पूर्वी पञ्जाब प्रान्तको प्रान्तीय राजधानी लाहाेरमा विगत ३० वर्षयताकै सबैभन्दा धेरै २ सय ९१ मिलिमिटर वर्षा भएको छ । अस्ति र हिजोको वर्षाले सहरी क्षेत्रमा बाढी आएको छ । भौतिक पूर्वाधारमा क्षति पुगेको छ ।

प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणका महानिर्देशक इमरान कुरेशीले सडक र अन्डरपास डुबान हुँदा यातायात सेवासमेत प्रभावित भएको जानकारी दिनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web